बुढानिलकण्ठ तथा टाेखा नगरपालिका पर्यटन प्रवर्धनका लागि साईकल यात्रा हुने

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Ashwin 8

बुढानिलकण्ठ तथा टाेखा नगरपालिकाकाे पदयात्रा सहित पहिचान भ्रमण कार्यक्रमकाे निरन्तरता स्वरुप नयाँ यात्राकाे रूपमा साइकल यात्रा हुने भएकाे छ । काठमाडौँको उत्तरी भेग साहसिक खेल पर्यटनका लागि चिर परिचित स्थान हो। प्राकृतिक तथा भौगोलिक बनोटको हिसाबले पनि यस क्षेत्रमा साहसिक खेल पर्यटनको सम्भावना ज्यादा रहेको छ। बिगतमा यस क्षेत्रमा साहसिक खेल पर्यटनलाइ टेवा पुग्ने कार्यक्रमहरु आयोजना नभएका भने होइनन । बुढानिलकण्ठ तथा टाेखा नगरपालिकाकाे माथिल्ला भेगहरु XC Mountain Biking , Enduro race, Down hill race जस्ता साहसिक खेलका लागि उपयुक्त स्थानका रुपमा राष्ट्रीय तथा अन्तराष्ट्रीय स्तरका खेलाडिहरुले लिने गरेका छन् । बुढानिलकण्ठ नगरपालिका वडा-२ मा पर्ने Down hill Trail लाई बिगतमा नै अन्तराष्ट्रीय स्तरको ट्राइलको मान्यता प्राप्त भैसकेको छ।

पदयात्रा यात्राकाे संयाेजन गरि रहनु भएका सभासददीपक निरौला भन्नु हुन्छ , “हाम्रा ठाउँ के के लागि गन्तव्य हाे भनेर खाज्ने क्रममा याे ठाउँ साइकल यात्राकाे उत्कृष्ट गन्तव्य हुने देखिएकाले पर्यटन दिवसकाे अवसर पारेर याे माउन्टेन बाइक साइकल यात्रा गर्न लागिएकाे हाे “पर्यटन दिवसकै अवसर पार्दा टाेखा बुढानिलकण्ठ क्षेत्र साइकिलिङका लागि राम्राे ठाउँ हाे भनेर चारैतिर प्रचार हुने भएकाले पनि यस्ताे अवसर गुमाउन नहुने र तेश्रो पदयात्रा सकिएकाे एकहप्तामै साइकलयात्रा अायाेजना गर्न लागिएको हो ।”

उक्त साइकल यात्रामा २५० जना सहभागि हुने अपेक्षा लिइएकाे बताउँदै यस्ता यात्रा तथा पहिचान भ्रमणका लागि विश्व पर्यटन दिवसकाे २७ सेप्टेम्बरका दिन अन्तरक्रिया कार्यक्रम पनि गर्ने याेजना बनाएकाे बताउनु भएको छ । यसैबीच पदयात्रा तथा पहिचान भ्रमणकाे व्यवस्थापनका लागि अागामी चैत मसान्तसम्म कायम रहने गरी एक समितिकाे अाैपचारिक घाेषणा पनि विश्व पर्यटन दिवशका दिन गरिने भएकाे छ ।

[[IMAGE_ALT]] [[IMAGE_ALT]]