सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई हटाउने निर्णय गरेको हो ।

मानव तस्करीको आरोप लागेपछि परराष्ट्र मन्त्रालयले शेर्पासँग स्पष्टीकरण सोधेको थियो । साथै छानविन समिति बनाएको थियो ।