बुढानिलकण्ठ नगरपालिकालाई आवश्यक युवा स्वयंसेवक उत्पादन गर्ने हेतुले नगरपालिकाको समन्यव र डिबेट नेपाल नेटवर्कको प्राविधिक सहयोगमा “युवानिलकण्ठ ”को दोश्रो चरण शुरु भएको छ । बुढानिलकण्ठ नगरपालिकाको दिगो विकासको लक्ष्यमा सहयोग पुर्याउने युवा उद्देश्य कार्यक्रममा ३९ जनाको आवेदन परेको थियो जसमा महिला ७ जना र पुरुष १४ जना गरी जम्मा २१ जना छनोटपश्चात प्रशिक्षण शुरू भएकाे थियो । ४ दिन सम्म संचालन भएको उक्त प्रशिक्षणमा विभिन्न क्षेत्रका विज्ञहरुले विभिन्न विषयमा प्रशिक्षण दिएका थिए । ४ दिन सम्म चलेको प्रशिक्षणमा डा.सूर्यराज आचार्य ,डा.युवराज संग्रौला ,डा.राजीव सुब्बा, .राजन भट्टराई, प्राध्यापक रिता मैनाली, डा.केदार बराललगायतले विभिन्न विषयमा प्रशिक्षण प्रदान गरिसकेका छन् । कार्यक्रमकाे तयारी तथा सहभागितामा छुट्टाछुट्टै विषयमाथि बिभिन्न पक्षलाइ बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल, प्रमुख प्रसाशाकीय अधिकृत प्रदिप पौडेल , शिवपुरी नागार्जुन रास्ट्रिय निकुन्जका प्रमुख कमल जंग कुँवर र प्रशिक्षार्थी बीच छलफल तथा अन्तरक्रिया सम्पन्न भैसकेको छ । युवानिलकण्ठको दोश्रो चरण सुरु सहभागी १९ जनाको ४ वटा अध्ययन समुह निर्माण गरीएको छ। हिजो एकदिन आराम पश्चात आजबाट आ-आफ्नो समुहमा उनिहरु बसेर नगरपालिकाको नीति, कार्यक्रमहरुको अध्ययन गर्नेछन्। १) पब्लिक हेल्थ २) नगरपालिकामा फोहोर व्यवस्थापनको अवश्था ३) सम्पदा तथा संस्कृति, र ४) युवा उद्यमशिलता लगायत विषयमा अब ९ दिन सम्म अध्ययन गरी रिपोर्ट तयार गर्नेछन्। उक्त रिपोर्टमा माथी उल्लेखित विषयहरुमा देखिएको अवस्था र नगरले लिएका उदेश्य प्राप्तिमा लाग्ने समय, साधन र स्रोत र संयन्त्र लगायतको जानकारी समावेश हुनेछन्। आयोजक कमिटिले दिएको जानकारी अनुसार, सबै समुहलाई नेपालका ख्याति प्राप्त संस्था तथा व्यक्तिहरुले मेन्टरसिप गर्नेछन्। जसमा, फोहोर व्यवस्थापनको लागी हिमालयन क्लाईमेट इनिसियटिभ, युवा उद्यमशिलताको लागी स्मार्ट पानि, रुस्टर लजिक र नेपाल आन्टरप्रेनियर्स हबले सहयोग गर्नेछन्। त्यस्तै पब्लिक हेल्थमा अध्ययन गर्ने समुहलाई पाटन हस्पिटलका पुर्व सहायक चान्सलर डा. केदार बरालले सहयोग गर्नेछन्।