वन्यजन्तु रेडपाण्डाको छाला ओसार पसार तथा बिक्री बितरण मुद्दामा काठमाडौं जिल्ला अदालतको २०७४ फागुन ३ गतेको फैसलाले ५ बर्ष कैद ठहर भएका फरार प्रतिवादी नुवाकोट शिवपुरी गाउँपालिका-६ घर भएका ४५ वर्षीय सन्तोषकुमार तामाङलाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले तामाङलाई नुवाकोटको गुर्जुभञ्ज्याङ्गबाट फेला पारी पक्राउ गरेको हो ।
तामाङलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि बिहीबार केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको छ ।

( Nepal Police)