बूढानिलकण्ठ नगरपालिका वडा १३ मा रहेको बिपस्वी कृषी सहकारी संस्थाको ५ औ बार्षिक साधारण सभा २०७४ पौष १४ गते शनिवारका दिन सम्पन्न भएको छ । प्रमुख अतिथी क्षेत्र न ४ का प्रदेस सभा सदस्य एव लेखा समितीका सयोजक माननिय न्हुच्छे नारायण श्रेष्ठ ,बिशेष अतिथी वडा-१३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठ ,सल्लाहकार महेन्द्र श्रेष्ठ लगायत अन्य अतिथीहरुको उपस्थितीमा उक्त साधारण सभा सम्पन्न भएको थियो । उक्त साधारण सभाका सभापती एव सहकारीका अध्यक्ष बिजेन्द्र श्रेष्ठले ७४/ ७५ को बार्षिक प्रतिवेदन सहित आ .व २०७५ को निती तथा कार्यक्रमका बारे अतिथी लगाएत सदस्य हरुलाई जानकारी गराएका थिए भने वडा अध्यक्ष श्री कृष्ण श्रेष्ठले संस्थाले समुदायमा पुर्याएको सहयोगको प्रसंसा गर्दै सुझाव दिएका थिए  । संस्थाका सल्लाहकार महेन्द्र श्रेष्ठले संस्थापन काल देखी ५ चौं साधारण सभा सम्म संस्थाले गरेका कार्यहरु बारे जानकारी गराएका थिए ।उक्त कार्यक्रम उद्घाटन गरेका प्रदेस सभा सदस्य न्हुच्छे नारायण श्रेष्ठले शेयर सदस्यहरुलाई शेयर धनी प्रमाण पत्र बितरण गर्नु भएको थियो ।