अष्ट्रेलियन सरकारको सहयोग परियोजना अष्ट्रेलियन भोलिन्टियर अन्तर्गत बूढानीलकण्ठ नगरपालिकामा पर्यटन विकास अफिसरको रुपमा कार्यरत स्टिफन क्लार्कले नगर भित्रका व्यवसायि तथा समुहहरुलाई निशुल्क परामर्श दिने भएका छन्।

२५ वर्ष पर्यटन विकासको क्षेत्रमा बिताएका उनले अष्ट्रेलिया, भियतनाम, ईन्डोनेसिया, थाईल्याण्ड लगायत ६ वटा देशका प्रादेशिक र स्थानीय सरकारको पर्यटन विकास योजनामा काम गरीसकेका छन्।

उनले अहिले बूढानीलकण्ठ नगरपालिका भित्र सञ्चालित 'चन्द्रवन रिसोर्ट', 'हिमालयन अर्गानिक गार्डेन' र 'ग्रिन भ्याली रिसोर्ट' लाई पर्यटन विकासको परामर्श दिईरहेका छन्।

उनले अब अन्य व्यवसायि हरुलाई पनि निशुल्क परामर्श दिने भएका हुन्। stephen@goodthinking.com.au मा ई-मेल गरेर उनको समय लिन सकिनेछ। उनले मंगलबार र विहिबार परामर्शको लागी छुट्टयाएका छन्।