टोखा र बुढानिलकण्ठ नगरपालिकाको प्रवर्द्धनका लागि यही मङ्सिर १५ गते शनिवार  बूढानिलकण्ठ मन्दिर परीसरमा  कवि सम्मेलन आयोजना गरिदैछ।उक्त कवी सम्मेलन मा ३ न प्रदेश का मुख्य मन्त्री डोरमणी पौडेल प्रमुख अतिथी को रुपमा आउने जानकारी आएको छ । बुढानिलकण्ठ मन्दिर परिसरमा हुने सो कार्यक्रममा कविता वाचनका साथमा काठमाडौंको उत्तरी भेगमा रहेका दुई सुन्दर नगरपालिकाको साहित्यमा स्थान र भूमिकाका वारेमा पनि छलफल हुनेछ। 

प्राचीन संस्कृति र अनुपम प्राकृतिक सुन्दरताले सजिएका यी नगरपालिकामा धेरै दिग्गज साहित्यकार र साधकहरुको बसोवास रहेको छ भने देश विदेशका साहित्यकारहरुको ध्यान ,योग र सृजना गर्ने तपोभुमीका रूपमा पनि यी नगरपालिकाहरु परिचित छ्न। विश्वका विभिन्न महादेशको भ्रमण गरेर अन्तिममा आफ्नो तपभुमी यसै स्थानलाई बनाउने शिवपुरी बाबा र अथक साधक खप्तड बाबाको आराधना स्थलको रूपमा रहेको यो क्षेत्रमा धेरै प्रभावशाली साहित्य कृति सृजना भएका छ्न।

त्यति मात्र हैन यस क्षेत्रमा अहिले पनि नेपालको साहित्य विकास र उन्नयनमा सकृय रहेका धेरै साधकहरुको बसोवास रहेको छ। प्रकृति र संस्कृतिको संगम स्थलको रूपमा रहेका यी नगरपालिकामा बसोवास गर्ने कवि तथा साहित्यकारहरुलाइ एक मंचमा ल्याएर उहाँहरुका सृजनामा यि क्षेत्रको भुमिका र स्थानको वारेमा सामुहिक छलफल गर्नका लागि आयोजना गर्न लगिएको “कवि सम्मेलन ” को आयोजकको रूपमा कपन अनलाइन ,काठमाडौं खबर, बिएसजि न्युज र टोखा अनलाइन रहेका छ्न।

केवल भौतिक विकास र नियमित कार्य संपादनमा जनप्रतिनिधि केन्द्रित रहेको सन्दर्भमा काठमाडौं क्षेत्र -५ (२) का प्रदेश सभा सदस्य दिपक निरौलाकोपहल र संयोजनमा यो कार्यक्रम आयोजना गर्न लागिएको हो।पाँचौ चरणको पर्यटन प्रवर्द्धनको अभियान सम्पन्न गरे पश्चात् छैठो चरणमा यो कवि सम्मेलन आयोजना गर्न लागिएको छ।

किन कवि सम्मेलन ?

कार्यक्रमको प्रचार शुरु भए सगै यस  कार्यक्रम आयोजनाको उदेश्य र उपादयताका वारेमा धेरै जिज्ञाशा पैदा भएका छ्न। यस क्षेत्रमा साहित्य संस्थाको उपस्थिति र अभ्यास निकै लामो समय देखी हुदै आएको छ। यस क्षेत्रको आध्यात्मिक र प्राकृतिक गुरुत्वले धेरै साहित्यकारहरुलाई आफ्नो बास स्थानको रूपमा चयन गर्न प्रेरित गरेको छ।

यस क्षेत्रमा रहेको कपन मा एउटा भनाइ निकै चर्चित छ ।यहाँ चर्चा चल्छ कि कसैले आँखा  चिम्लेर ढुङ्गा हान्यो भने सो ढुङ्गा पक्कै साहित्यकारको टाउकोमा खस्छ।यसको तात्पर्य भनेको यहाँ ठुलो शन्ख्यामा रहेका साहित्य साधकहरुको उपस्तिथिको सुचक हो।

त्यस्तै बुढानिलकण्ठ क्षेत्र र टोखा क्षेत्रमा सकृय रहेका साधकहरुको सम्मान र उनीहरुको अनुभव र ज्ञानको उपयोगका लागि पहलकदमीको रूपमा यो कवि सम्मेलन आयोजना गरिएको छ। यस क्षेत्रमा सकृय रहेका साधकहरुको रचनामा स्थानीय विषय,पात्र वा भुमिले स्थान प्राप्त गर्न सकेमा त्यसले यो क्षेत्रको प्रवर्द्धनमा उल्लेखनीय भुमिका खेल्न सक्ने कार्यक्रमका संयोजक दिपक निरौला बताउछन् ।

यस क्षेत्रमा रहेका बौद्धिक सम्पत्ति संरक्षण र स्थानीय क्षेत्रको प्रवर्द्धनमा सो सम्पत्तिको उपयोग गर्नका लागी यो सम्मेलन आयोजना गर्न लागिएको उनको भनाइ रहेको छ।

यस् क्षेत्रका पौराणिक किम्बदन्ती ,पर्व ,जात्रा र संस्कृतिलाई साहित्यिक सृजनाको माध्यम मार्फत अभिलेखिकरण गरेर संरक्षण गर्नका लागि संचार माध्यम र जनप्रतिनिधिको सामुहिक पहलको रूपमा रहेको यो कवि सम्मेलन शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको काखमा रहेको ध्यानभुमि बुढानिलकण्ठ मन्दिर परिसरमा ११ बजे बाट हुनेछ ।