राष्ट्रपति विद्यादेवी भण्डारीले जनवरी ७ तारिखका दिन बोल्दै चीन नेपालको घनिष्ट र मैत्रीपूर्ण छिमेकी देश मात्र नभई सहकार्यको महत्वपूर्ण साम्झेदार रहेको कुरा बताउनुभएको छ। साथै उहाँले नेपाल र चीनबीचको सम्बन्धमा उल्लेखनीय उपलब्धि हासिल गर्न चीनसँगै मिलेर “बेल्ट एण्ड रोड”मा सक्रियताका साथ सहभागी हुन नेपाल इच्छुक रहेको पनि बताउनुभएको छ। 
सिन्ह्वा समाचार समितिका अनुसार राष्ट्रपति भण्डारीले काठमाण्डौंस्थित राष्ट्रपति निवासमा नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत होउ यान छीबाट ओहोदाको प्रमाणपत्र बुझ्ने क्रममा नेपालले “एक चीन”नीतिलाई सदैव पालना गर्ने कुरा पनि व्यक्त गर्नुभयो।

त्यसैगरी राजदूत होउ यान छीले चीन सरकारले चीन तथा नेपालबीचको सम्बन्धमा धेरै महत्व दिएको बताउँदै यी दुई देशबीचको सम्बन्धलाई नयाँ प्रगतिमा लैजानका लागि नेपालसँगै मिलेर एउटा भाग्य समुदायको निर्माणमा चीन इच्छुक रहेको पनि बताउनुभयो। 
राजदूत होउले सन् २०१८ को डिसेम्बर २९ तारिखका दिन नेपाल पुगी आफ्नो कार्यभार सम्हाल्न थाल्नुभएको हो।