घटना विवरण:-
काठमाण्डौं उपत्यका लगाएतका बिभिन्न स्थानमा बस्ने व्यापारीहरु समेतलाई फोन गरी नेकपा माओवादी बिप्लव समुहहरुको नामबाट चन्दा माग गर्दै र माग बमोजिम चन्दा नदिएमा भौतिक कारवाही गर्ने धम्की दिने गरेको भन्ने यस महाशाखामा गोप्य सूचना प्राप्त भए अनुसार यस महाशाखाबाट खटिएको प्रहरी टोलिले उक्त कार्यमा संलग्न व्यक्तिहरुको खोजतलास एवं अनुसन्धान गर्ने क्रममा मिति २०७५।०९।१९ गते बेलुका १६:३० बजेको समयमा का.जि. का.म.न.पा. वडा नं. ११ थापाथलीमा निम्न स्थानमा बस्ने निम्न व्यक्तिहरुलाई फेला पारी पक्राउ गरी निजहरु उपर थप आवश्यक अनुसन्धान कारवाही भैरहेको ।

पक्राउ परेका व्यक्तिहरु:-
१.नामथर :- लोकेन्द्र राज थापा
उमेर :- ३१ बर्ष 
ठेगाना :- जिल्ला दैलेख भगबतीमाई गा.पा.७ घर भई हाल ललितपुर भैसीपाटी
हैसियत (पद) :- नेकपा बिप्लब समुहको अखिल नेपाल क्रान्तिकारी
ट्रेडयूनियन महासंघको केन्द्रिय सदस्य, हाईड्रो तथा खानीको मजदुर संगठनको केन्द्रिय अध्यक्ष ।

२.नामथर :- केशब बहादुर बुढा
उमेर :- ३७ बर्ष
ठेगाना :- जिल्ला दैलेख भगबतीमाई गा.पा.७ घर भई हाल ललितपुर भैसीपाटी 
हैसियत (पद) :- नेकपा बिप्लब समुहको अखिल नेपाल क्रान्तिकारी 
ट्रेडयूनियन महासंघको हाईड्रो तथा खानीको केन्द्रिय महासचिव।

३.नामथर :- बिकाश थापा
उमेर :- ३१ बर्ष 
ठेगाना :- जिल्ला गोरखा सुलीकोट गा.पा. वडा नं. ५ घर भई हाल ललितपुर भैसीपाटी 
हैसियत (पद) :- नेकपा बिप्लब समुहको अखिल नेपाल क्रान्तिकारी ट्रेडयूनियन महासंघको शाखा हाईड्रो तथा खानीको केन्द्रिय उपाध्यक्ष ।

(नेपाल प्रहरी, महानगरीय अपराध महाशाखा