चालू वर्ष नानचिङ नरसंहारको ८१औं वर्ष पुग्यो। १३ तारिख बिहान नानचिङ शहरमा नरसंहारमा परेका मृतकप्रति पाँचौं राष्ट्रिय सार्वजनिक स्मृति समारोहको आयोजना गरिएको छ। विभिन्न ८ हजार जना प्रतिनिधिहरु उक्त स्मृतिमा सहभागी भएका छन्।

सोही अवधिमा सार्वजनिक स्मारक क्षेत्र र पूरै नानचिङ शहरमा हवाई रक्षा अलार्म सुनाइनुका साथै नदीमा पानीजहाज र मार्गमा गाडीले हर्न बजाएका थिए।

चिनियाँ कम्युनिष्ट पार्टी केन्दीय समितिको राजनैतिक व्यूरोका सदस्य एवम् जनकांग्रेस स्थायी समितिका उपप्रमुख वाङ छनले स्मृति समारोहलाई सम्बोधन गर्नुभयो। उहाँका अनुसार, नानचिङ नरसंहारमा परी ज्यान गुमाएकाहरूका सम्झनामा पाँचौं राष्ट्रिय सार्वजनिक स्मारक समारोहको आयोजनाको उद्देश्य नरसंहारका मृतक तथा जापानी आक्रमणकारीद्वारा मारिएका देशबन्धुको सम्झना, जापानी अतिक्रमणविरोधी युद्धमा शहीद भएका क्रान्तिकारीहरू र राष्ट्रिय बहादुरहरूको सम्झना गर्न, चिनियाँ जनतासँगै जापानी सैन्यवादको विरोधमा मृत्युवरण गरेका अन्तर्राष्ट्रिय सैनिक तथा मित्रहरुको सम्झना गर्नु हो। जसबाट चिनियाँ जनताले इतिहास र पहिलेको दृढ सम्झना राखेर शान्तिप्रति प्रेम गर्नुका साथै भविष्यको सिर्जना गर्ने दृढ अडान र शान्तिपूर्ण विकास मार्गमा अडिग लागिरहने इच्छा देखाइएको वाङले व्यक्त गर्नुभयो। सम्बोधनपछि ८१ जना युवा प्रतिनिधिहरुले “शान्ति घोषणा पत्र” पढे भने छ जना प्रतिनिधिहरुले “शान्ति घण्टी” बजाएका थिए।

( CRI )