महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठ र सामुदायिक सेवा केन्द्र बुढानीलकण्ठ तथा सामुदायिक प्रहरी सेवा केन्द बुढानीलकण्ठले बुढानीलकण्ठ नगरपालिका वडा न १ तौलुंग चौतारामा सचेतना मुलक कार्यक्रम आयोजना गरेको छ । नेपालीहरुको चाड बाड नजिकदै गर्दा चोरी लुटपाटका घटनाहरु बढ्ने गरेकोले बुढानीलकण्ठ नगरपालिका वडा न १ का जनप्रतिनिधि ,,बुद्धिजिबी,भद्र भलाद्मी तथा सर्ब साधारण मानिसहरु बीच सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठका कार्यालय प्रमुख प्र.नि राजकुमार राईले जनाउनु भएको छ ।टोलमा हुने बढ्दो चोरीलाई कसरी न्युनीकरण गर्न सकिन्छ भन्ने बिषयमा अन्र्तक्रिया तथा चोरी बिरुद्धको सचेतना मुलक कार्यक्रम गरी स्थानिय कलाकारहरु द्धारा चोरी सम्बन्धी सडक नाटक समेत प्रस्तुत गरी चोरी लुटपाट न्यूनीकरण गर्न बिभिन्न तरिका स्थानीयलाई बताईएको थियो । तीजको समयमा महिलाहरु बिभिन्न गहनामा सजिएर हिड्ने सोहि मौकाको फाईदा लुटेराहरुले उठाई गहना लुट-पाट् गर्ने हुँदा महिलाहरु सचेत भई हिड्न तथा कोहि अपरिचितले आफुलाई पिछा गरेको छ कि छैन भनी सचेत भएर हिड्न सामुदायिक सेवा केन्द्रले आग्रह गरेको थियो ।