प्रदेश न.३ काठमाडौं क्षेत्र न-५ का बिधायक दिपक निरौला अस्पताल भर्ना

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Jestha 30

काठमाडौं क्षेत्र न-५ प्रदेश न.३ का बिधायक तथा सचेतक दिपक निरौला अस्वस्थताका कारण ग्राण्डी अस्पतालमा भर्ना भएका छन ।प्रदेश सभा चुनाव पश्चात निक्कै व्यस्त रहेका निरौला काभ्रेको कार्यक्रम पस्चात एक्कासी स्वास्थ्यमा समस्या देखेपछी आकस्मिक अस्पताल पुगी भर्ना भएका हुन ।स्वास्थ्य स्थिती सवल रहेता पनि पाचन प्रक्रीया र रगतमा इन्फेक्सन देखियको साथै इन्डोसकोपीको रिपोर्ट आउन बाँकी रहेको छ । ईसिजी गरे पस्चात मुटुमा त्यस्तो केहि समस्या नरहेको र केहि दिन भित्र डिस्चार्ज गरिने जानकारी उपचारमा संलग्न चिकित्सकले दिएका छन ।बाम एकता र पार्टि एकीकरण पश्चात बूढानिलकण्ठ नगर कमिटिको अध्यक्षको कुरा चलिरहदा एक्कासि अस्वस्थ भएका निरौला काठमाडौँ क्षेत्र न ५नेकपाका प्रभाशाली नेतामा पर्दछन ।