क्लिन ह्याण्ड नेपालको सरसफाई अभियान सम्पन्न

[[IMG_ALT]]

b s g news | Nagar News | Falgun 12

फोहरमैला संकलन तथा ब्यबस्थापनको काममा छोटो समयमा नै सबैको मन जित्न सफल भएको क्लिनह्याण्ड बेष्ट मेनेजमेन्ट प्रा.लि ले आज बुढानिलकण्ठ नगरपालिका वडा न ३ र ५ को सिमाना मिलनचोक देखि विष्णुमति खोला सम्म सडकको फोहर संकलन गरेको छ |

स्थानीय सामाजिक संस्था बुढानिलकण्ठ युवा समाजको आव्हानमा गरिएको सरसफाई कार्यक्रममा बु.न.पा ५ का वडा अध्यक्ष् विजय तामांग बुढानिलकण्ठ स्कुलका प्रधानाध्यापक केशर खुलाल सह:प्रधानाध्यापक अतिराम के.सी फ्युजन एकेडमीका प्रतिनिधि उपस्थित कार्यक्रममा बुढानिलकण्ठ स्कुलका बिद्यार्थी , युवा समाजका सदश्य लगायतको सहभागिता रहेको थियो |

मिलनचोक विष्णुमति सडक खण्डमा रहेको धुलो पानीले सफा गर्ने कुरा वडा अध्यक्ष् विजय तामांगले बताउनुभयो | निर्माणधिन् विष्णुमति पुलको निर्माण कार्य जारी रहेको हुँदा उक्त स्थानमा धुलो भएको ले धुलो न्यूनीकरण गर्न अब्लिम्ब दैनिक सर सफाइमा ध्यान दिने समेत वडा सदश्य श्याम कृष्ण ठकुरीले हामीलाई बताए | क्लिन ह्यान्ड नेपालका अध्यक्ष् प्रदिप खड्काले आज भएको कार्यक्रममा बिद्यार्थी बर्गको सहभागिताले अझै हौसला मिलेको बताउदै कार्यक्रम समापन गर्न सहयोग गर्ने सबै लाई धन्यबाद ज्ञापन गरेका थिए |