सुधार तथा खुलापन भएको चालीसौँ वार्षिकोत्सवको उपलक्ष्यमा आज १८ तारिख बिहान चीनले एक कार्यक्रमको आयोजना गरी मनाउँदै छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले उक्त समारोहलाई महत्वपूर्ण सम्बोधन गर्नुहुने कार्यक्रम पनि रहेको छ।

सन् १९७८ डिसेम्बर १८ तारिख चिनियाँ कम्युनिष्ट पार्टी एघारौँ केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकको आयोजना भएको थियो। बैठकमा आर्थिक निर्माणमा केन्द्रित रहेर सुधार तथा खुलापन गर्ने ऐतिहासिक निर्णय गरिएको थियो। चालीस वर्षयता चीनको समष्टिगत क्षमतामा ठूलो विकास भएर कूल ग्राहस्थ उत्पादन जीडीपी वार्षिक ९.५ प्रतिशतले बढेको छ भने प्रति व्यक्ति व्यय योग्य आय २२.८ गुणाले बढेको छ साथै गरिबीको संख्या चौहत्तर करोडले घटेको छ। निरन्तर रूपमा धेरै वर्षसम्म विश्वको आर्थिक वृद्धिको लागी चीनको योगदान दर तीस प्रतिशतभन्दा बढी पुगेको छ।

चालीस वर्षयता चीनले खुला भएर निर्माण गरेको छ भने सामानको कूल आयात-निर्यातको मात्रा १९८ गुणाले बढेको छ साथै सेवा व्यापारको आयात-निर्यात मात्र १४७ गुणा बढेको छ भने वैदेशिक लगानी भित्र्याइएको कूल मात्रा बीस हजार खर्ब अमेरिकी डलर पुगेको छ। चीन विश्वको दोस्रो आर्थिक समूह, सबैभन्दा ठूलो ‌औद्योगिक मुलुक, सबैभन्दा ठूलो मालसामान व्यापार मुलुक, सबैभन्दा ठूलो विदेशी मुद्रा सञ्चयकर्ता मुलुक बनेको छ।