आत्म बिश्वास अनि निडर साहसले सफलताको शिखरमा पुर्याउछ। यस्तै एक प्रतिभाशाली साहसिक खेलाडीको अग्रपंक्तिको नाम हो सबिता तामाङ।प्याराग्लाइडिङ खेल मार्फत होम्मिएर रास्ट्रीयस्तरका दर्जनौं प्रतियोगितामा उत्कृष्ट सफलता हासिल गरीसकेकी छ्न।उनी गोर्खा जिल्लामा जन्मेर पोखरामा बसोबास गर्दागर्दै प्याराग्लाइडिङ खेलमा सहभागी जनाएका थिए। निकै आटिला स्वाभाव भएर उनले प्याराग्लाइडिङको पाइलट कोर्स समेत पुरा गरीसकेपछी रास्ट्रीय एब अन्तर्राष्ट्रिय आकाशको उडान भर्न सकेकी हुन। सघर्सलाई सम्मान र चुनौतीलाई सधै अबसरका रूपमा लिने स्वाभाबकी सबिता प्याराग्लाइडिङ खेलबारे भन्छिन " खेलमा रमाइलो पक्ष छदै छ त्यो भन्दा पनि प्रतियोगितामा च्यालेन्ज लिनु एक महत्वपूर्ण हुन्छ।" १८औ एसियाड खेलमा महिला रास्ट्रीय टोलिको सदस्य समेत रहेकी सबिताले आगामी दिनमा हुने मह्त्वपुर्ण अन्तर्राष्ट्रिय प्रतियोगितामा सशक्त प्रदर्शन गर्ने बताए।

१८औ एसियाड खेलमा पुरुष तर्फ मुलकको लागी रजत पदक दिलाए पछि नेपाली प्याराग्लाइडिङले अन्तर्राष्ट्रिय खेलकुदमा नेपाललाई उचाई दिन सक्छ भनेर सरकार र सम्बन्धित खेल सघले खेल बिकासको तत्परता देखाएको छ। नेपाली प्याराग्लाइडिङमा पछिल्लाे समयमा ग्लाइडर (पाइलट)को माग भएकोले नेपालमा प्याराग्लाइडिङ खेल मा पाइलटहरुकाे अभाव रहेकाेमा प्रतिभाशाली खेलाडीहरुलाई राज्याले उत्पादन र समरक्षण गर्न सके आगामी दिनमा ओलम्पिक लगाएत अन्तर्राष्ट्रिय मैदानमा नेपालको नाम उच्च हुनेमा दुई मत छैन।

-डिएन घिसिङ