अमेरिका- इरान विवाद चर्किंदै,अमेरिका वा मित्रराष्ट्रलाई कुनै हानी गरेमा ठूलो मुल्य चुकाउनु पर्ने

[[IMG_ALT]]

www.bsgnews.com | International News | Ashwin 10

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले इरानी नेताहरूलाई चेतावनी दिँदै यदि उनीहरूले अमेरिका र उसका नागरिक वा मित्र राष्ट्रलाई कुनै हानी गरेमा ठूलो मूल्य चुकाउनेपर्ने बताएका छन्।

न्यूयोर्कमा आयोजित इरानविरोधी सम्मेलनमा बोल्दै उनले भने "तेहरानका मुल्लाहहरू नेतृत्व"को "हत्यारा सरकार"ले लगातार "झूट, ठगी र छलछाम" गर्ने क्रम जारी राखेका उनीहरूले ठूला दुष्परिणाम भोग्नुपर्ने बताए।

बोल्टनले सन् २०१५ को परमाणु सम्झौतबाट पछि हटेको अमेरिकाले फेरि इरानविरुद्ध कडा आर्थिक प्रतिबन्धहरू लगाउने चेतावनी दिए। उनले युरोपेली संघ ईयु वा अरु कसैले त्यसलाई असर पार्न नसक्ने बताए।

त्यसअघि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले इरानको तेलमाथि लगाइएका प्रतिबन्धको भावनाविपरीत रकम तिर्न गरिएको विशेष व्यवस्था गरेको भन्दै ईयुको चर्को आलोचना गरेका थिए।न्यूयोर्कमा संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दै इरानी राष्ट्रपतिले आफ्नो देशविरुद्ध शत्रूतापूर्ण व्यवहार गरेको भन्दै डोनल्ड ट्रम्प प्रशासनको आलोचना गरेका छन्।

हसन रुहानीले अमेरिकालाई आफ्नो देशसँग वार्ता थाल्न आह्वान गरे। तर उनले बलपूर्वक कुनै पनि देशलाई वार्ताको लागि तम्तयार बनाउन नसकिने बताए।

ट्रम्पले चाहिँ महासभामा गरेको सम्बोधनमा इरानलाई "भद्रगोल मृत्यु र सम्हार" निम्त्याएको आरोप लगाए। ट्रम्पले प्रमुख तेल निर्यातकर्ता देशहरूको संगठन ‌ओपेकले तेलको मूल्य धेरै बढाएर विश्वलाई ठगिरहेको आरोप लगाए।

उनले भविष्यमा अमेरिकालाई सम्मान गर्ने र मनपराउने देशहरूलाई मात्र सहयोग दिने बताए।
(BBC)