नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीकोअध्यक्षमा प्रदिप डंगोल निर्वाचित भएका छन। चैत १६ गते सुरु भएको दोश्रो अधिवेसनको बन्द सत्रले डंगोलको नेतृत्वमा नयाँ नगर कमिटी घोषणा गरिएको छ।

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको उपाध्यक्षमा शम्भु प्रसाद भट्टराई निर्वाचित भएका छन भने सचिवमा श्रीकृष्ण श्रेष्ठ चयन भएका छन।

त्यसो सो अधिवेसनले नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको उपसचिवमा धोर्जे तामाङ र सुनिता गुरुङलाई चयन गरेको छ भने लेखा समिति संयोजकमा रुपेस भट्टराई निर्वाचित भएका छन। साथै नगर कमिटी सदस्यहरुमा मन्जु थापा ,माधव पौडे, शैलेश के.सि,कुमार के.सि  र गोपाल ङ्गोल रहेका छन ।