काठमाडौँ, मङ्सिर २० गते । बंगलादेशको ढाकामा डिसेम्बर ११ देखि २२ तारिखसम्म सञ्चालन हुने यू–१९ महिला साफ च्यम्पियनसिपमा सहभागिता जनाउन लागेको नेपाली टोलीलाई सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले विदाई गरको छ ।

नेपाली टोलीका खेलाडीहरुमा अन्जना रानामगर, सावित्री किशन, अंकिता राई, सलोनी रानामगर, सबिना चौधरी, मन्जु कुमारी खड्का, हिमा रावत, प्रतिक्षा चौधरी, सुष्मा तामाङ, रोजिना श्रेष्ठ, रजनी थोकर, विमला बिक, रश्मी कुमारी घिसिङ, सदिपा भोलान, चन्द्रा भण्डारी, खुश्मा राई, दिपा शाही, कुसुम खतिवडा, सबवता रानामगर, सरस्वती हमाल, प्रिती राई, अमिशा कार्की र मेनुका आलेमगर हुनुहुन्छ । टोलीको मुख्य प्रशिक्षकमा हरिओम श्रेष्ठ हुनुहुन्छ ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, भुटान, भारत र श्रीलंकाले प्रतिस्पर्धा गर्दैछन् । राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुने च्याम्पियनसिपको शीर्ष दुई टोलीबीच फाइनल भिडन्त हुनेछ । नेपालले आफ्नो पहिलो खेल ११ तारिख बंगलादेश, दोस्रो खेल १५ तारिख श्रीलंका, १७ तारिख भुटान र १९ तारिख भारतसँग खेल्नेछ । फाइनल खेल डिसेम्बर २२ तारिख हुनेछ ।

एन्फा कम्प्लेक्स सातदोवाटोमा आयोजित कार्यक्रमबीच नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङ, एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतले विदाई गर्नुभयो । नेपाली टोली मंगलबार ढाका प्रस्थान गर्नेछ ।