काठमाडाैं, माघ १ गते । सूर्य मकर राशीमा प्रवेश गरेको माघ महिनाको पहिलो दिनदेखि अन्तिम दिनसम्म बाह्र वर्षको एकपल्ट पनौतीमा मकर मेला लाग्ने गर्छ । माघ महिनाको महिमा ठूलो छ ।

माघको पहिलो दिनदेखि नै पृथ्वीको गोलार्धमा सूर्य उत्तरतर्फ ढल्कने गर्छ । सूर्य उत्तरायण भएपछि न्यानोपनमा वृद्धि भई पुसको कठ्याङ्ग्रिँदो जाडो क्रमशः कम हुँदै जान्छ । यसै महिनादेखि दिन लामो हुँदै जाने गर्छ । यो महिना स्वास्थ्यका दृष्टिले उपयुक्त मानिन्छ ।

याे वर्ष पनि काभ्रेपलाञ्चाेक जिल्लाकाे पनाैतीमा बाह्रवर्षे मकर मेला सुरू भएकाे छ ।