बूढानीलकण्ठ नगरपालिकाद्वारा आंशिक शिक्षण आवश्यकता परिपूर्ति गर्न 'शिक्षक बैंक निर्माण गर्ने कार्यक्रम' सञ्चालन गर्ने भएको छ। 

सोही कार्यक्रम अन्तर्गत योग्यता भएका व्यक्तिहरुलाई देहाय अनुसारका कागजात संलग्न राखी मिति २०७८ माघ २८ गते भित्र यस नगरपालिकामा निवेदन पेस गर्न नगरपालिकाले सूचना प्रकाशन गरेको छ। 

तपसिल :

१. संगीत / गायन शिक्षक कुनै पनि विषयमा कम्तिमा १०+२ उत्तीर्ण गरी संगीत / गायन विषयमा तालिम प्राप्त वा कम्तिमा ५ वटा कृति प्रकाशन गरेको हुनुपर्ने,

२. खेलकुद शिक्षक कुनै पनि विषयमा १०+२ उत्तीर्ण गरी एथेलेटिक्स सम्बद्ध कम्तिमा क्षेत्रीय स्तर हाल प्रदेश स्तर) खेलकुद प्रतियोगितामा सहभागी भएको हुनुपर्ने,

३. नृत्य शिक्षक कुनै पनि विषयमा कम्तिका १०+२ उत्तीण गरी नृत्य सम्बद्ध कम्तिमा ३ महिनाको तालिम लिएको वा कम्तिमा क्षेत्रीय स्तर हाल प्रदेश स्तर) प्रतियोगितामा सहभागी भएको हुनुपर्ने,

४. विज्ञान / गणित / अंग्रेजी / सामाजिक शिक्षक / व्यवसायिक विषय शिक्षक अध्यापन अनुमति प्राप्त सम्बन्धित विषयमा कम्तिमा स्नातक तह द्वितीय श्रेणीमा उत्तीर्ण भएको हुनुपर्ने

पुनश्च: माथि उल्लेखित विभिन्न शिक्षक पदमा १८ वर्ष पूरा भई ६० वर्ष ननाघेको नेपाली नागरिक ले निवेदन पेस गर्न सक्ने व्यहोरा अनुरोध छ।