सडक डिभिजन कार्यालय दाङका प्रमुख राम पुकार जयसवाल र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टसहित नौ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार पूर्व-पश्चिम राजमार्गको सडक क्षेत्राधिकारभित्र परेका सिमल, सिसौ लगायतका रुखहरू हानिनोक्सानी गरी गैरकानुनी लाभ लिएको अभियोगमा उनीहरूविरुद्ध आरोपपत्र दायर गरिएको हो।
कसलाई कति बिगो मागदाबी?
-
राम पुकार जयसवाल (कार्यालय प्रमुख, सडक डिभिजन) र राजु क्षेत्री (तत्कालीन वन अधिकृत): रू. ८१,३७,९००/-
-
प्रकाश विष्ट (अध्यक्ष, राप्ती गाउँपालिका): रू. ५८,४५,८२५/-
-
गेमे खड्का (वडाअध्यक्ष, वडा नं. १): रू. ३,७१,०००/-
-
वीर बहादुर चौधरी (वडाअध्यक्ष, वडा नं. ४): रू. १,४१,२२६/-
-
झविन्द्र प्रसाद भण्डारी: रू. १,४१,२२६/-
-
अभिमान चौधरी: रू. ७३,६४६/-
-
केशर बहादुर चौधरी: रू. ३६,६१०/-
-
नन्दु गिरी: रू. ३०,९७०/-
राप्ती गाउँपालिका वडा नं. १ पाखापानीदेखि लमही नगरपालिका वडा नं. ४ अनंहवासम्मको राजमार्गको दायाँबायाँ किनारमा रहेका रुखहरू कटान गर्दा नियमविपरीत राज्यको सम्पत्ति हानिनोक्सानी गरिएको अख्तियारको छानबिनमा खुलेको छ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो असुलउपर गरी हदैसम्मको सजाय र जरिवानाको मागदाबी लिएर मुद्दा दायर गरेको छ।

प्रतिकृयाहरु