शिवपुरी नागार्जुन राष्ट्रीय निकुञ्जमा जिप सफारी संचालनमा आएको छ। आज भएको एक औपचारिक कार्यक्रम अन्तर्गत नागार्जुन जामाचो जिप सफारी प्रालिले संचालनमा लेराएको छ।
निकुञ्जले आफ्नो नियमावाली आइसके पछि पहिलो व्यवसायिक हिसाबले शिवपुरी नागार्जुन राष्ट्रीय निकुञ्जमा जिप सफारी संचालनमा आएको निकुञ्ज प्रमुख लक्ष्मण पौडेल बताउनु भएको छ। आज भएको उक्त उद्घाटन कार्यक्रममा प्रदेश सांसद प्रकाश श्रेष्ठ , अमन मास्के , पर्यटन बोर्डको उपाध्यक्ष चन्द्र रिजाल्, निकुञ्ज प्रमुख लक्ष्मण पौडेल , मध्यवर्ती क्षेत्रका अध्यक्ष दावा तामाङ , नेपाली सेनाका काली ध्वज गणका प्रमुख सेनानी सागर थापा, निकुन्जका पुर्व प्रमुख कमल जंग कुँवर्, पानका वरिष्ठ उपाध्यक्ष कृष्ण दाहाल्, नेचर गाइड समितीका बिशाल अधिकारी लगायतको उपस्थिती रहेको थियो । जामाचो नागार्जुन सफारी प्रालिको अध्यक्ष सिताराम वाग्लेले जिप सफारीको संचालन नाफा मुलक मात्र नभई अन्तरिक र बाह्य पर्यटन प्रवर्धनको लागि भएको बताएका छन्। निकुञ्ज भित्र करीब ३६ किलोमिटर भित्र जीप सफारी गराइने जानकारी दिएको छ।