गण्डकी प्रदेशको पोखरा लगायत बिभिन्न जिल्लामा २०७९/०६/२८ देखि कार्तिक ०३ गते सम्म संचालन  भएको नवौ राष्ट्रिय खेलखुदमा बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिका बाट पदक जितेका खेलाडीहरुलाई नेपाल लोकतान्त्रिक खेलखुद संघले सम्मान गरेको  छ | टोखा नगरपालिका ३ मा रहेको सदभाव बैक्वट मा पुर्ब कानुन मन्त्री नरहरी आचार्यको प्रमुख आतित्यथामा खेलाडी सम्मान  आयोजना गरिएको थियो | कार्यक्रममा नेपाली कांग्रेशका तर्फ बाट निर्बाचन क्षेत्र न ५ का संघीय संसदका उम्मेद्द्वार प्रदिप पौडेल काठमाडौँ  निर्बाचन क्षेत्र न ५ प्रदेश ख का उम्मेद्द्वार श्याम बहादुर खड्का सामानुपातिक उम्मेद्द्वार गंगा सुनुवार तारा लामा नेपाली कांग्रेशका बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठ नेपाली कांग्रेस लोकतान्त्रिक खेलखुद संघ बागमती प्रदेशका सभापती दीपक गुरुङ लगायतको उपस्थिती रहेको थियो | कांग्रेसले सार्वजनिक गरेको घोषणा पत्रलाई हुबहु कार्यान्वयन गराउनका लागि पनि प्रदीपले जित्नैपर्ने धारणा राख्दै प्रमुख अतिथि आचार्यले जब–जब देशलाई संकट पर्छ त्यतिबेला कांग्रेसले नै नेतृत्व गर्दै आएको बताएका थिए |

नगर भित्र रहेका खेलाडीहरुको मनोबल बडाउन र खेलखुद्को क्षेत्रमा लगनशीलता राख्न सम्मान कार्यक्रम आयोजना गरिएको तथा  ९औं राष्ट्रिय खेलखुदमा पदक जितेका बुढानीलकण्ठ र टोखा नगरका खेलाडीहरुलाई  बिशेष प्राथमिकतामा राख्दै कार्य योजना बनाई अगाडी बढ्नुपर्ने बताउदै प्रदिप पौडेलले खेलाडीहरुलाई बधाई ज्ञापन गरेका थिए | बुढानीलकण्ठ नगर बाट ६ जना र टोखा नगर बाट १९  जना खेलाडीहरु सम्मानित भएको कार्यक्रममा खेल क्षेत्रमा बिशेष योगदान दिएका अर्जुन बहादुर के सी मनिन्द्र राज जोशी लगाएतका पुर्ब खेलाडीहरु समेत सम्मानित भएको नेपाल लोकतान्त्रिक खेलकुद संघका सचिब मनिष जोशीले जानकारी गराए |