काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ को जारी मतगणनामा नेपाली कांग्रेसका प्रदीप पौडेलको जित निश्चित देखिएको छ । उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई भारि मतान्तरले पराजित गर्ने देखिएको छ ।

हालसम्म ४२ हजार २०८ मतगणना भएको छ । जसमा पौडेलले १४ हजार ७७ मत पाएका छन् । अहिलेसम्म पोखरेलले ९ हजार ४६६ मत पाएका छन् ।

यो क्षेत्रमा कुल ४५ हजार ९८७ मत खसेको थियो । हालसम्म ४२ हजार २०८ मत गणना भएको छ ।

यो क्षेत्रमा गणना गर्न बाँकी मतको संख्या ३ हजार ७७९ छ । तर, पौडेलले ४ हजार ६ सय ११ मतले अग्रता लिएका छन् । जसका कारण गन्न बाँकी मत भन्दा पौडेलले लिएको अग्रता बढी भएकाले उनको जित निश्चित भएको हो ।