बूढानीलकण्ठ नगरपालिका वडा ७ स्थित एकल महिला छहारी भवनमा केहि दिनअघि संकास्पद रहेका क्वारेन्टीनमा राखिएका व्यक्तिहरुको RDT टेस्ट गरिएको छ। क्वारेन्टीनमा रहेका १२ जनाको आर.डी.टी RDT परिक्षण गरिएकोमा २ जनामा कोरोना पोजिटिभ देखिएको छ। 

काठमाडौँ जिल्ला अधिकारीको निर्देशन अनुरुप पाँच दिन अघि मात्रै नेपालगञ्जमा रहेको क्वारेन्टीनबाट आएका तिनै १२ जनाको आज आर.डि.टी रिपोर्ट पोजिटिभ आएको बूढानिलकण्ठ नगरपालिकाको जनस्वास्थ्य शाखा प्रमुख कुमार प्रसाद दाहालले जानकारी प्रदान गर्नुभएको छ। 

पोजेटिभ भेटिएकामध्ये १ जनामा IGM (एन्टिजेन) जसले अन्य व्यक्तिहरुमा समेत संक्रमण गर्नसक्ने क्षमता रहेको र अर्का पोजिटिभ भेटिएकाकोमा IGG( एन्टिबडी) विकास भइसकेकोले अरुलाई संक्रमण गर्न नसक्ने दाहालले जानकारी दिनुभएको छ। उक्त व्यक्तिहरु गरि क्वारेनटीनमा रहेका १२ जनाकै भोलि पि.सि.आर विधिबाट परिक्षण गरिनका लागि थ्रोट स्वाव संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाईने समेत दाहालले जानकारी दिनुभएको छ।

यसका साथै बूढानीलकण्ठ नगरपालिकामा अग्रपङ्तिमा रहेर कार्य गरिरहेका व्यक्तिहरु जसमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सुरक्षाकर्मी तथा अन्य व्यक्तिहरुको आर.डि.टि परिक्षण गरिने समेत उहाँले जानकारी प्रदान गर्नुभएको छ।