“सफलताले समय माग्छ” करिब ३ महिनाको लकडाउन समय थप्पचर्चा जीवनभय र मृत्युको छ । २०१९ को अन्त्यमा चीनबाट सूरु भएको नेपालमा पनि यसको पूर्व तयारीको चर्चा सुरु भयो। मुलुकमा भैपरी आउने स्वास्थ संकट आर्थिक र सामाजिक संकट सँग कसरी जुध्ने, बेला बेला नामी विश्व स्वास्थ संगठन,IMF, World Bank, Asia Development Bank र हाम्रौ भद्र भलाद्मी बृद्विजीविहरुले समय सँग सँगै चल्नू पर्ने संकट आउने खतरामा चर्चा चिन्तन नभएको पनि होइन। सरकारले पनि ढिलै भएपनि चर्चा गरे सँगै विभिन्न समिति, उच्च समिति, अति उच्च समिति कार्यदल बनाएकै हो चर्चा गरेकै हो । जति सुकै उच्च समिति बनाएता पनि समयले मूल्याङकन गर्ने नै छ जनतालाई नतिजा शून्य र अर्बको व्यय भएपछि जनता अतिलाइ अति भयो पनि भन्न नपाउने राज्यशक्तिले नि आवाजलाई दबाउन शक्ति प्रर्दशन गर्ने, ति आवाजलाई बैरि र देशद्रोही दलाल देख्ने नजर कतिको दोषि छ समयको मूल्याङकन हुनेनै छ ।

जनता रोग सँग भन्दा पनि भोक सँग जुध्दै छ, भोक लाग्यो भनि सरकार सँग गुहार माग्दै, भिक नै माग्नु पर्यो, कतिले आत्म सम्मानपूर्वक देह त्यागे आफैँ जीवन समाप्त गरे, कति दुखि आत्माहरु यस्तै यस्तै मजबूरीमा १०० औं माइल गाँउ फर्के कति रात भोकै खुल्ला आकाशमै रात बिताए। यो एउटा गरिबको संघर्षको व्यथा हाम्रो राष्ट्र प्रमुख, प्रतिनिधिहरुलाइ खिल्ली उडाउन, राज्य व्यवस्थामा भाँडभैलो , अराजक निमत्याउन मजाकको लागि गरेको होइन, यस्तै दीन-दुःखीको समाचार प्रकाशमा आएको थियो भने मन्त्रीज्यूको हुकार देखि हाल्छ कहाँ  छ खाना नपाएकाहरु, मान्छे मरेका हेप्ने अभिव्यक्ति ।

एकल व्यक्तिको आयमा आश्रित परिवार जब बेरोजगार बन्छ, जब कुनै व्यक्ति आफ्नो पहुँच नभएर उपचारको निम्ति दुर्गम गाँउबाट सुगम तराई, उपत्यका जान जिल्लाका हाकिम महाराजबाट तोक पाउँदैनन्, आज त्यहीँ आफ्नो देह त्याग गर्न बाध्य छन्। रोग नियन्त्रणको नाउँमा बन्दाबन्दी गर्ने खै त उपलब्धि आज छर्लङ्ग छ, औषधिजन्य स्वास्थ्य साम्रागी खरीदमा आर्थिक अपचलन र घोटाला काण्ड माथि काण्ड। कागले काँकाँ गर्दै आफ्नो नाम गाए जसरी आफ्नो गुणगान आफैँ गाइरहेछ, आफ्नो तारिफको पुलिन्दा बुनिरहेछ।

जब जब बिद्रोहको आवाज गुञ्जिन्छ तब तब राष्ट्रवादि हुने देशको नक्शा ओढेर सम्पूर्ण काण्डहरु ढाक्ने राष्ट्रवादि फर्रमुला बनाएको छ। अहिले लकडाउनमा कार्यलय खुल्ला भएपनि सार्वजनिक यातयातको असुविधाले गर्दा काममा जान नसक्नुले कर्मचारी कटौटीमा रहेको कार्यलयहरुले कामबाट निकालिनु अन्य कुनै आयस्रोत नहुनु, बेरोजगार हुनु । बैंकको किस्ता, पारिवारिक जिम्मेवारी, घरभाडा यस्तोमा खर्च मात्रै आम्दानीशुन्य दुर्दशामा मान्छे मानसिक तनाबमा, एक तिर महामारी रोगले लाने डर अर्को तिर ऋण र बेरोजगारीको व्यथात्यस्तोमाआत्महत्यागर्नेहरु बढ्दै छन् । सरकार निदाको छ कि जागै छ भनी अतिभो सरकार भनेर गुहार माग्यो देशद्रोही देख्छन्। जेलनेलको धम्की दिन्छन् । जनता समस्याको समाधान चाहन्छन्, अदुवा बेसार तातोपानी खान होइन। रोगसँग लड्न जनता तयार छ, तर सरकार सँग अदुवा बेसारबाहेक केही अन्य विकल्प छैन। सरकारसँग चर्चा र परिचर्चा मात्र गर्ने समितिहरु छ, तर समस्याको चिरफार गर्न सक्ने क्षमता छैन । अदुवा बेसार उपचार बिधि जनतालाई थाहा छ, अझ बाबाजीको बुटी नै भिड्न थाली सके, रोग प्रतिरोधात्मक क्षमता बढाउन तातोपानी मात्र होइन तातो पानी सँगै रक्सी पनि लिन थालि सक्यो संकटलाई पार लगाउन बन्दाबन्दी गरेर चर्चा मात्रै गर्ने होकी समयको सदुपयोग गरेर नतिजामुखी काम पनि गर्ने हो ।

छिमेकि मुलुकमा रेल कुदायी सक्यो हाम्रोमाभने सरकार सँग न सार्वजनिकयातायात छ, नतसार्वजनिकयातायातलाई तेवादिइ रहेको निजि क्षेत्रलाई कुनै जिमेवारी दिननै सकिरहेको छ, बैठक माथि बैठक हुन्छ नियमावली,  कानुन र उच्च सर्तकता अपनाएर सुचारु गर्ने बहस हुन्छ तर चर्चामै मात्र सिमित हुन्छ, नतिजा शुन्य।

लेखकः नारायण प्रसाद श्रेष्ठ 

(लेख नितान्त लेखकको विचारमा आधारित)