बुढानीलकण्ठ नगरपालिकाको नगर अस्पतालको उद्घाटन हुने भएको। सम्माननीय पूर्व प्रधानमन्त्री के.पि शर्मा ओलीज्यूको प्रमुख आतिथ्यतामा नगर अस्पतालको उद्घाटन हुने भएको हो । 

नव वर्ष २०८१ बैशाख १ गतेको अवसर पारी 'बुढानीलकण्ठ नगर अस्पताल' को समुद्घाटन तथा 'नयाँवर्ष २०८१ को शुभकामना आदानप्रदान' कार्यक्रम हुने भएको छ। 

बुढानीलकण्ठ नगरपालिका वडा नं १० बालुवाखानी, कपनमा नव निर्मित नगर अस्पतालको बैशाख १ गते दिनको १ बजे समुद्घाटन कार्यक्रम हुने भएको हो। 

नगर अस्पतालबाट हालका लागि ओ.पि.डि. सेवा सुरु हुनेछ भने करिव १५ शैयासम्मको सेवा तयारीकै क्रममा रहेको र सुरुवात चाँढैनै गरिने जानकारी प्राप्त भएको छ।