फिफा विश्वकप छनोट अन्तर्गत बहराइनमा भएको खेलमा नेपालले घरेलु टोली विरुद्ध फराकिलो हार बेहोरेको छ । बहराइन राष्ट्रिय रंगशालामा भएको खेलमा घरेलु टोली ५-० ले विजयी भएको हो ।

खेलमा घरेलु टोलीले नै प्रभुत्व जमाउँदै खेलमा मौकाहरु सिर्जना गर्न सफल भयो । नेपालले बल पोसेसनका लागि निकै संघर्ष गर्नु परिरहेको थियो । समूह ‘एच’ मा ३ खेल खेलेको नेपाल अंक विहीन छ । बहराइन ३ खेलमा ६ अंक सहित दोस्रो स्थानमा छ ।

समूहमा नेपाल र बहराइन सहित यमन र संयुक्त अरब इमिरेट्स (युएई) छन् । युएई ३ खेलमा ३ जित सहित शीर्ष स्थानमा छ । तीन खेलमा १ जित सहित यमन तेस्रो छ । नेपालले अब अर्को खेलमा बहराइन विरुद्ध नै मार्च २७ का दिन खेल्नेछ ।