"दोस्रो भद्रकाली कप अन्तर विद्यालय बास्केटबल प्रतियोगिता" को सम्पन्न भएको छ । प्रतियोगिताको फाइनल खेल अन्तर्गत 'जुनियर ब्वाइज' तर्फ गोल्डेन पिक स्कुल विजयी भएको छ । स्किब्स स्कुलसँगको प्रतिस्पर्धामा २०-१९ स्कोरले पछि पार्दै गोल्डेन पिक स्कुलले उपाधी हासिल गर्न सफल भएको हो । 

त्यस्तै छात्रा समूहमा भ्याली पब्लिक स्कुल र हिमालय स्कुलबिचमा भएको खेलमा २०-१७ को स्कोरले पराजित गरि भ्याली पब्लिकले सो उपाधी चुम्न सफल भएको छ। 

यता सिनियर ब्वाइजतर्फ भ्याली पब्लिक स्कुलद्वारा गोल्डेन पिक स्कुललाइ ६५-५५ को स्कोरले हराउँदै भ्याली पब्लिक स्कुल विजयी बनेको छ ।

खेल अवधिभर बेस्ट थ्री पोइन्टर (best 3 pointer) जुनियर ब्वाइज तर्फबाट गोल्डेन पिकका सोहन ठकुरी घोसित भएका छन् भने छात्रातर्फ भ्याली पब्लिकबाट अनिता गुरुङ्गले सो पुरस्कार प्राप्त गरेकी छ्न् । त्यसैगरि सिनियर ब्वाइजमा भ्याली पब्लिक स्कुलका छात्र सुशान्त चौधरीले उक्त पुरस्कार प्राप्त गरेका छन् ।

'मोस्ट भ्यालुएवल प्लेयर जुनियर ब्वाइज' मा गोल्डेन पिकका छात्र बिबेक कपाली र छात्रातर्फ भ्याली पब्लिकबाट एन्जल गुप्ता र सिनियर ब्वाइजतर्फ भ्याली पब्लिककै अनमोल गुरुङ घोसित भएका छन् ।

बिजयी खेलाडीहरुलाइ प्याब्सनका केन्द्रीय अध्यक्ष डि.के. ढुङानाले पुरस्कार वितरण गर्नुभएको थियो ।