उपप्रधानमन्त्रीसमेत रहनु भएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बुटवल–नारायणगढ सडक द्रुत स्तरमा काम अगाडि नबढ्ने र समयभित्र सम्पन्न हुुन नसके सरकार ठेक्का तोड्न बाध्य हुने बताउनुभएको छ ।

उपप्रधानमन्त्री समेत रहनुभएका श्रेष्ठले राष्ट्रिय गौरबको आयोजनाका रुपमा निर्माणाधीन बुटवल नारायणगढ सडक को ठेक्का समयमा नसकेर पुन: म्याद थपिएको र सो थपिएको म्याद भित्र पनि काम सम्पन्न विस्तारको काम तीब्र गतिमा अगाडि नबढाए सरकारले ठेक्का तोड्ने स्पष्ट पार्नुुभएको छ ।

आज पूर्वी नवलपरासीको कावासोतीमा प्रेस सेन्टर नवलपुरको आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले सो कुुरा बताउनुुभएको हो । उपप्रधानमन्त्री श्रेष्ठले ठेकेदारलाई काम छिटो गर्न हामीले पटक पटक ताकेता गरेका छौं र जुन गतिमा काम हुनु पर्ने हो त्यो हुन नसके हामी ठेक्का तोड्ने पक्षमा रहेको स्पष्ट पार्नुुभयो ।

यसैबीच उपप्रधानमन्त्रीले श्रेष्ठले शुक्रबार नै मध्यविन्दु १ सेतापानीमा रहेको शान्ति आधारभूत नमूना विद्यालयको वार्षिकोत्सव कार्यक्रममा बोल्दै शिक्षाको बिकास नभए सम्म मुलुकको समग्र विकास सम्भव नरहेकोमा जोड दिनुुभयो । सो अवसरमा उहाँले  विद्यालयको चार कोठे नवनिर्मित भवनको पनि उद्घाटन गर्नुुभएको थियो ।