काठमाडौं, पुस २४ गते । तास खेलिरहेका अवस्थामा आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–२२ न्यूरोड पाको डेरा गरी बस्ने सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–५ घर भएका ४४ वर्षीय झलक बहादुर श्रेष्ठको कोठामा तास खेलिरहेको अवस्थामा झलक बहादुरलगायत आठ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

तास खेलिरहेको सूचनाका आधारमा महानगरीय वृत्त जनसेवाबाट खटिएको प्रहरीले तास खेलिरहेकाहरुलाई एक बुक तास र नगद दुई लाख एक हजार रुपियाँसहित पक्राउ गरी थप अनुसन्धान गरिरहेका जनाएको छ ।