मुग्लिन, असार १ गते । पृथ्वी राजमार्गमा झरेको पहिरो पन्छाएर अहिले राजमार्ग सञ्चालनमा आएको छ ।  बुधवार दिउँसो २ वजे चितवन इच्छाकामना गाउँपालिका ४ घोप्टेभीरस्थित पृथ्वीराजमार्गमा पहिरो झरी बाटो दुईतर्फी अबरोध भएको थियो । सडक ३ वजे खुलेको  जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी  रविन विष्टले जानकारी दिनुभयो ।   

पहिरो पन्छाउन डिभिजन सडक कार्यालयका प्राविधिकसहितको डोजर परिचालन गरिएको थियो । मुग्लिनभन्दा करिब तीन किलोमिटर धादिङतर्फ पर्ने घोप्टे खोलामा विगत पछिल्लो समय पहिरोले दुःख दिँदै आएको छ । पहिरोका कारण यो बाटो भएर गुड्ने सवारी साधन र यात्रु पहिरो खुलेसँँगै गन्तव्यतर्फ हिँडेका छन् ।