बूढानीलकण्ठ ‍नगरपालिका वडा नं ०२ स्थित चपलि घुम्तिमा रुद्राक्ष फिटनेस सेन्टर सञ्चालनमा आएको छ ।

युवा खेलकुद तथा व्यायम क्षेत्रमा सक्रिय रहेका वडा नं ०२ स्थायी वासिन्दा विशाल विक्रम खड्का र श्री कृष्ण खड्काको संयुक्त लगानिमा रुद्राक्ष फिटनेस सेन्टर सञ्चालनमा आएको हो ।

सञ्चालक विशाल विक्रम खड्काका अनुसार फिटनेश सेन्टरमा आधुनिक प्रविधीका कार्डियो, जिम, सोनाबाथ, जाकुजि, जुम्बा, लकर लगायतका सुविधा रहेका छन् । "यहाँ युवायुवतीका साथै सबै उमेर समूहकाले व्यायाम गर्ने व्यवस्था छ, उनले जोडे, "बडी बिल्डिङको लागि राष्ट्रिय स्तरका प्रशिक्षकहरुबाट प्रशिक्षण दिन्छौँ" ।

हाल फिटनेस सेन्टर सञ्चालनमा आएपनि यसको औपचारिक उद्घाटन १८ गते हुने भएको छ । उद्घाटनका अवसरमा एक सातासम्म सेवाग्राहीहरुलाई भर्ना शुल्कमा २० प्रतिशत छुट दिइने खड्काले जानकारी दिए ।

सिंगापोर र मलेयशिया बाट "हस्पिटालिटि (HOSPITALITY)" विषयमा उच्च शिक्षा हाँसिल गरेका खड्काले देश विदेशका अनुभवलाई आफ्नै जन्मभुमिमा सदुपयोग गर्दै एक सफल युवा उद्यमीको रुपमा स्थापित हुने लक्ष्य बोकेको बताए ।  शारीरिक तथा अध्यात्मिक सुगठनका लागि फिटनेश सेन्टरले महत्वपूर्ण भूमिका खेल्ने र यो स्वास्थ्यका लागि आवश्यक भएको उहाँले जोड्नुभयो ।