चितवन, वैशाख ३१ गते। भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले अग्रता पाएको छ। गठबन्धनबाट प्रमुखको उम्मेदवार बन्नु भएकी नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले अग्रता लिनुभएको हो। तीन सय मत गणना गर्दा गठबन्धनले अग्रता लिएको हो।

दाहालले ११६ मत प्राप्त गर्नुभएको छ। नेकपा (एमाले)का विजय सुवेदीले ११० मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३५ मत प्राप्त गर्नुभएको हो। 

यसैगरी उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १३६ मत पाउनुभएको छ। उहाँको प्रतिस्पर्धी नेकपा (एमाले) सहितको गठबन्धनकी हिमला गुरुङ्ले ८० मत पाउनुभएको छ।

यस्तै हाल गणना भएको वडा नम्बर १ मा नेपाली कांग्रेसका केशव महर्जनले १३७ र नेकपा (एमाले)का शुक्रकुमार श्रेष्ठले ११७ मत प्राप्त गर्नुभएको छ।

भरतपुर महानगर पालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ। यस्तै जिल्लाका अन्य पालिकाहरूमा रत्ननगर र खैरहनीमा पाँच दलीय गठबन्धनको अग्रता रहेको छ भने माडी, कालिका, राप्ती र इच्छाकामनामा नेकपा ९एमाले०ले अग्रता कायम गरेको छ। 

-रासस