२०० भन्दा बडी विप्लप कार्यकर्ता पक्राउ

[[IMG_ALT]]

b s g news | National News | Falgun 6

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई सयजना कार्यकर्तालाई प्रहरीले आइतबार बिराटनगरका विभिन्न स्थानबाट गिरफ्तार गरेको छ ।

बिराटनगरमा आजै हुन लागेको नेपाल कम्युनिस्ट पार्टीको युवा सगठन राष्ट्रिय युवा जनस्वयमसेवकको राष्ट्रिय सम्मेलनमा प्रहरीले हस्तक्षेप गरी दुई सय जना नेता कार्यकर्ता गिरफ्तार गरेको हो ।

प्रहरीले बिराटनगरको गुद्री बजारस्थित सम्मेलनस्थलको हलमा बसिरहेका करिब २ सयजना कार्यकर्तालाई गिरफ्तार गरी हिरासतमा लिएको हो । प्रहरीका अनुसार विप्लवका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली, पोलिटब्युरो पदमबहादुर राई, केन्द्रीय सदस्य कमल खड्का र नवीन रानासहितका नेता कार्यकर्ता पक्राउ परेका हुन् ।

विप्लवका कार्यकर्ता बिराटनगर केन्द्रित भएसँगै ठुलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरेर चोक चोकबाट विप्लवका नेता कार्यकर्तालाई पक्राउ गरिएको हो ।

प्रहरीले हस्तक्षेप गरेपछि विप्लवका युवाको राष्ट्रिय सम्मेलन पनि बिथोलिएको छ । मोरङका प्रहरी प्रवक्ता डिएसपी विष्णुहरि कोइरालाका अनुसार चारजना केन्द्रीय नेतासहितलाई हिरासतमा लिइएको हो ।