थ्री स्टार क्लबका खेलाडिहरु बिच एक आपसमा हात हालाहाल

[[IMG_ALT]]

www.bsgnews.com | Sports | Falgun 1

रुस्लान थ्रीस्टार क्लबका खेलाडीहरु सिमरामा जारी नवौं सिमरा गोल्डकप अन्तरगत सोमबार भएको खेलका क्रममा एकआपस मै भिड्न पुगेका छन् ।

सोमबार नियमित समयतर्फको खेल १–१ को बराबरीमा टुंगिएपछि थ्रीस्टारका गोलरक्षक एलन न्यौपाने र अफ्रिकी खेलाडी अजयी मार्टिन्स भनाभनमा उत्रिएको देखिएको थियो । प्रत्यक्षदर्शीका अनुसार विश्वास श्रेष्ठ र मार्टिन्स हात हालाहालमा समेत उत्रिएको थिए ।

घट्ना लगतै थ्रीस्टारकै कप्तान निराजन खड्का, अफ्रिकी डिफेन्डर पिटर सेगुन, बिजय धिमाल तथा क्लबका एक पदाधिकारीले स्थितिलाई साम्य पारेका थिए । सो खेलमा थ्रीस्टारले टाईब्रेकरमा सुदरपश्चिम–११ लाई ४–२ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो ।

स्मरणीय छ कि आइतबार मात्र सिमरा गोल्डकप मै राष्ट्रिय खेलाडीहरु आर्मीका नवयुग श्रेष्ठ तथा एपिएफका रन्जन बिष्ट र अन्जन बिष्ट विवादमा उत्रिएपछि रेफ्रीले तीनै जनालाई रातो कार्ड देखाएका थिए ।