हाम्रो मौलिक संस्कृती जात्रा, पर्व नै बूढानिलकण्ठको पहिचान -नगर प्रमुख उद्धव खरेल

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Jestha 28

श्री बूढानीलकण्ठ संस्कृति तथा वातावरण संरक्षण संस्थाद्वारा आयोजित सांस्कृतिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। विगत लामो समयदेखि बूढानीलकण्ठ क्षेत्रको धर्मिक, सांस्कृतिक, जात्रा, पर्व,परम्परा, रितिरिवाजहरुको संरक्षण, प्रवर्द्धन र व्यवस्थापन गर्दै आएको छ।
बुद्ध पुर्णिामा मा लाग्ने यस क्षेत्रको नैलिन भद्रकालीको विशेष रथ जात्रामा बनदेवी, श्री गणेश, नारायण भगवानको शिर र पाँउको रथ जात्रालाई भव्य र सव्य बनाउन, गाईजात्राको मौलिकता जोगाउन विशेष टेवा पुर्‍याउदै आएको छ। संस्थाका अध्यक्ष राजकुमार नगरकोटी आफै पनि निकै नै चलायमान हुनु हुन्छ।
कार्यक्रममा नगर प्रमुख उद्द्व प्रसाद खरेल प्रमुख अतिथि, ३ नं वडा अध्यक्ष बालकृष्ण श्रेष्ठ विशेष अतिथि , वडा -१ का अध्यक्ष सुरेन्द्र लामा र सदस्य नबिन श्रेष्ठ अतिथिको रुपमा उपस्थित भएका थिए .। कार्यक्रममा बोल्दै नगर प्रमुख उद्धव खरेल ज्युले "हाम्रो मौलिक संस्कृती नै बूढानिलकण्ठको पहिचान हो " , बूढानिलकण्ठ नगरपालिका बिभिन्न जात जातीहरु मिलेर बसेको नगरपालिका रहेको र यस किसिमका सांस्कृतिक जगेर्ना तथा प्रबर्दन गरिने र मौलिकता झल्किने खालका कार्यक्रमहरुलाई नगरपालिकको सहयोग रहने जानकारी गराउनु भएको थियो ।
बासुरि प्रशिक्षक अमृत महर्जन , धिमे प्रशिक्षक रोहित श्रेष्ठ, समाजसेवी कञ्चन कुमार लामा, संरक्षक राम बहादुर के सि, तथा अन्य सहयोगीहरुलाइ सम्मान गरिएको थियो साथै कार्यक्रममा प्रशिक्षकहरुद्वारा प्रशिक्षार्थी हरुलाई सर्टिफिकेट, मायाको चिनो र प्रशंसा पत्र वितरण गरि सम्मान गरिएको थियो।
श्री बूढानीलकण्ठ संस्कृति तथा वातावरण संरक्षण संस्थाद्वारा आगामी दिनहरुमा पनि बूढानीलकण्ठ क्षेत्रको धर्मिक, सांस्कृतिक, जात्रा, पर्व,परम्परा, रितिरिवाजहरुको संरक्षण, प्रवर्द्धन र व्यवस्थापनका कार्यक्रमहरु आयोजना गरिने जानकारी आयोजकले दिएको छ ।

[[IMAGE_ALT]]