नेपाल सम्वत एवम् नेवार समुदायहरुको नयाँ वर्ष, न्हुदँया भिन्तुना ११३९ को लागि अनुसूचित प्राय सबै कार्यक्रम नेपाल सम्वत आन्दोलनका अग्रगामी पद्म रत्न तुलाधरको असामयिक निधनका कारण उहाँलाई श्रद्धान्जलि प्रकट तथा उहाँको मृत्यु शोखमा रद्द गरिएको छ। 

नेपाल सम्वत आयोजकहरूले भने पद्म रत्न तुलधर को मृत्यु को १३ औं दिन पछि कार्यक्रमहरु मनाइने आयोजकहरुको एक छलफलबाट निर्णय गरिएको छ। नयाँ जागरण मन्चका संचालक सुजिब बज्रचार्यले छलफल तथा बैठक अनुसार उपयुक्त समयमा सबै कार्यक्रमहरू व्यवस्थापन तथा आयोजना गर्ने निर्णय गरिएको छ।

पद्म रन्त तुलाधर स्वदेशी तथा जनजाति राष्ट्रियता र मानव अधिकारका एक नेता तथा अभियन्ता  थिए। तुलाधरले २०४६ सालमा वामपन्थी र लोकतन्त्रवादी कांग्रेसलाई एकै ठाउँमा ल्याउन भूमिका निर्वाह गरेको र सशस्त्र युद्धका क्रममा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन पनि उहाँको महत्वपूर्ण भूमिका रहेको थियो। 

नेपाल सम्वत ११३९ नयाँ वर्ष मनाउनको लागि काठमाडौ तथा अन्य विभिन्न नेवार समुदायहरुले  कार्तिक २२ गते विभिन्न उत्सवहरुको योजना गरिएको थियो। शहर वरिपरी आयोजना हुन लागेका सबै कार्यक्रमहरू रद्द गरिएको छ। तुलाधर आफ्नो भाषा, संस्कृतिको सम्मान होस् भन्ने चाहना राख्ने काठमाडौंका लागि उहाँ धरोहर थिए। 

तुलाधरको मष्तिस्कघातको कारण आइतबार नर्भिक अस्पतालमा निधन भएको हो।