नेपाली साम्बो खेलाडी सब्बा रानी महर्जनले रसीयाको मस्कोमा हिजो आयोजित अल रसियन जुडो च्याम्पियनसिपमा रसीयाका खेलाडीहरुलाई पराजित गर्दै स्वर्ण पदक हात पारेक हो। विगत २ महिना देखि साम्बो खेलको विशेष वैदेशिक प्रशिक्षणको लागि सब्बा रसीयाको राजधानी मस्को स्थित साम्बो सेबेन्टी क्लबमा आवद्ध रहेकी थिइन्। निकै आशालाग्दो रहेको खेलाडी सब्बाको यो सफलता संगै अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत आशा गरिएको नेपाल साम्बो महासंघका सह-महासचिव कृष्ण बहादुर राउतले बताउनु भयो। नेपाल साम्बो महासंघका अध्यक्ष धनन्जय श्रेष्ठको विशेष पहलमा रसीयामा तालिमको व्यवस्था मिलाएको हो। साम्बो र जुडो खेल प्राविधिक रूपमा लगभग उस्तै हुने भएकालेे सहभागी गराएको राउतले बताए । सब्बा रानी नेपाली साम्बो खेलकी राष्ट्रिय खेलाडी हुन्। काठमाडौँको गंगबु स्थित स्थाई घर भएकी सब्बा निकै मेहनती खेलाडी रूपमा चिनिन्छन्। (डिएन घिसिङ)