यसै डिसेम्बर तीन तारिख जापानका लागि चिनियाँ राजदूतावास र जापानको आर्थिक समूह संघले टोकियोमा संयुक्त रुपमा चीनको सुधार तथा खुलापनको चालीसौं वार्षिकोत्सव र चीन-जापान आर्थिक तथा वाणिज्य सहयोग गोष्ठीको आयोजना गरेको छ। यी दुबै मुलुकका आर्थिक क्षेत्र,मैत्रीपूर्ण संगठनका प्रतिनिधि,चिनियाँ मूलका विदेशी र चिनियाँ प्रवासी लगायत दुई सयभन्दा बढी व्यक्तिहरुले यस गोष्ठीमा भाग लिएका छन्। यस गोष्ठीमा चीनको जनकूटनीति सोसायटीका मानार्थ अध्यक्ष एवं भूतपूर्व चिनियाँ पररराष्ट्र मन्त्री ली चाउ सिङ्ग, जापानका भूतपूर्व प्रधानमन्त्री यासुओ फुकुदाले बेग्लाबेग्लै रुपमा भाषण दिनुभएको छ। चीनका भूतपूर्व परराष्ट्रमन्त्री लीले आफ्नो भाषणमा सुधार तथा खुलापनले चीनका लागि विशाल परिवर्तन ल्याएको व्यक्त गर्नुभएको छ। उहाँले अगाडि भन्नुभयो:चालीस वर्षअघि चीनले सुधार तथा खुलापन भन्ने महान ऐतिहासिक महाकार्य सुरु गरेको थियो। चालीस वर्षपछि वर्तमान चीन विश्वको दोस्रो ठूलो आर्थिक समूह, पहिलो ठूलो औद्योगिक मुलुक,पहिलो ठूलो मालसामानको व्यापारिक मुलुक, पहिलो विदेशी मुद्रा संचितिकर्ता मुलुक बनेको छ। चालीस वर्षभित्रमा चीनले औसत प्रतिवर्ष 9.5 प्रतिशत आर्थिक वृद्धिलाई साकार तुल्याएको छ। ७४  करोड गरिब जनतालाई गरिबीबाट मुक्त गरेको छ।

लीका अनुसार सुधार तथा खुलापन वर्तमान चीनको भाग्यको निर्णय गर्ने केन्द्रिय विन्दू मात्र नभई चीनको विकासको आवश्यक बाटो हो। चीन र जापानले युद्धको ऐतिहासिक बाधा पार गरेर पाएको ठूलो सहयोग उपलब्धि नै आधारभूत रुपमा शान्ति तथा विकास र साझा फाइदाको उचित बाटोमा लागेपछि नै जन्मिएको हो। चीनको सुधार तथा खुलापनको एक सहभागीको रुपमा जापानले चीनको विकासका लागि सकारात्मक योगदान सिर्जना गरेको छ। यी दुबै मुलुकबीचको आर्थिक तथा व्यापारिक सहयोग पारस्परिक हित तथा साझा फाइदाको राम्रो नमूना हो। हाल चीन र जापान नयाँ विकासको चरणमा प्रवेश गरेका छन्। यी दुबै पक्षबीचको सहयोग संचिति शक्ति ठूलो देखिन्छ। यसप्रति लीले अगाडि भन्नुभयो:हामीले संयुक्त रुपमा आर्थिक तथा व्यापारिक सहयोग स्तरलाई उकास्दै तेस्रो पक्षीय बजारमूलक सहयोगलाई प्रवर्द्धन गर्दै जानसक्ने छौं। साथै एशिया प्रशान्त क्षेत्रको एकीकृत प्रगतिको संयुक्त नेतृत्व गर्दै स्वतन्त्र व्यापार प्रणालीको संरक्षण गर्नुपर्छ।

जापानका भूतपूर्व प्रधानमन्त्री यासुओ फुकुदाका अनुसार चीनको सुधार तथा खुलापनको चालीस वर्षयता चीनको विकास र चीन तथा जापानबीचको सम्बन्धमा विशाल परिवर्तन भएको देखिन्छ। यी दुबै मुलुकले पारस्परिक विश्वासको आधारमा आदानप्रदान गर्नसक्ने छन्। यी दुबै मुलुकबीचको स्थिर रणनीतिक सम्बन्धले चीन र जापान मात्र नभइ सारा विश्वका लागि पनि सकारात्मक प्रभाव सिर्जना गर्ने भएको छ।