अखिल नेपाल फुटबल संघका केन्द्रिय सदश्य तथा नेपाल फुटसल संघका संयोजक दावा लामाले आज बूढानीलकण्ठ नगरपालिकाको बूढानीलकण्ठ यूवा समाजले आयोजना गर्ने चौथो बूढानीलकण्ठ नगरकप फुटबल प्रतियोगिताको सफलताको कामना गर्नु भएको छ । बूढानीलकण्ठ नगरपालिका वडा न ३ मा रहेको होटल पार्क भिलेज रिसोर्टमा आयोजना गरिएको टाइसिट तान्ने कार्यक्रमलाई सम्बोधन गर्दै दावालामाले युवा प्रतिभा जन्माउने स्थानीय स्तरको फुटबल गतिबिधि धेरै भन्दा धेरै आयोजना गर्नु पर्ने बताउनु भयो । अखिल नेपाल फुटबल संघ एन्फाले पनि स्थानीय स्तरको फुटबललाई प्राथमिकतामा राखी नेपालको धेरै जिल्लामा ग्रासरुटको कार्यक्रम गरिरहेको बताउनु भयो । स्थानीय स्तरको कार्यक्रमलाई मर्यादित बनाउन र यहाँ खेल खेल्नी खेलाडीको खुबी हेरी अन्य क्लबमा लागी फुटबललाई ब्यबसायीक बनाउन आफुले खेलाडी छनौट गर्न प्रतिनिधि समेत पठाउने लामाले बताउनु भयो ।कार्यक्रमलाई सफल पार्न आफ्नो व्यक्तिगत तर्फ बाट र संस्थागत तर्फ बात समेत सक्ने सहयोग गर्ने प्रतिबद्ता जनाउँदै लामाले केहि थान खेलकुद सामग्री दिने बताउनु भएको थियो । लामाको घोषणा संगै उपस्थित सबैले ताली बजाई नेपाली फुटबललाई नयाँ पुस्ताले सहि गन्तव्यमा लैजान सक्छ भन्दै लामाको सफल कार्यकालको कामना गरेका थिए ।