घटना विवरण 
जिल्ला दोलखा बिगु गाउँपालिका वडा नं. ७ घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ६ महांकाल पानी ट्याङकी बस्ने वर्ष अं. ४१/४२ को छिरि शेर्पा र ऐ.ऐ. बस्ने निजको श्रीमती छिन्डु शेर्पाले अमेरिकामा आकर्षक तलव हुन्छ भनि विभिन्न प्रलोभनमा पारी विश्वास दिलाई विभिन्न मितिमा गरेर जम्मा रु ८४,००,०००/ (अक्षरुपी चौरासी लाख) ठगी गरी रकम लिई भिजिट भिषामा नेपालबाट, ईण्डिया, दुवई, भियतनाम, ब्राजिल मेक्सीको हुँदै टाँसी शेर्पालाई अमेरिका पुर्‍याई अलपत्र पारी हाल अमेरिकन जेलमा रहेको र आङ छिरिङ शेर्पालाई मेक्सीकोमा अलपत्र पारी राखी रहेको छ भनि निवेदक ङ डोमा शेर्पाले मेरो छोरा र भाईलाई नेपाल झिकाई विपक्षीहरु उपर आवश्यक कारबाही गरी ठगी गरेको रकम फिर्ता गराई पाउँ भनि यस कार्यालयमा मिति २०७५।०९।०१ गते उजुरी दिएकोले यस महाशाखाबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले निजलाई खोजतलास गर्ने क्रममा मिति २०७५।०९।०३ गते दिउँसो अ:१५०० बजेको समयमा का.जि.का.म.न.पा. महाकांलबाट पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाण्डौमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि पठाईएको । साथै निजले अन्य व्यक्तिहरुलाई ठगी गरेको विषयमा समेत अनुसन्धान कार्य जारी रहेको।

पक्राउ परेका व्यक्तिहरु : -
नामथर:- छिरि शेर्पा
उमेर :-४१/४२ बर्ष 
ठेगाना :- जिल्ला दोलखा बिगु गाउँपालिका वडा नं. ७ घर भई हाल
हाल:- का.जि.का.म.न.पा. वडा नं. ६ महांकाल पानी ट्याङकी
नामथर:- छिन्डु शेर्पा
उमेर :-३९/४० बर्ष 
ठेगाना :- जिल्ला दोलखा बिगु गाउँपालिका वडा नं. ७ घर भई हाल
हाल:- का.जि.का.म.न.पा. वडा नं. ६ महांकाल पानी ट्याङकी

 

महानगरीय अपराध महाशाखा