रक्षा मन्त्रीले गरे बुद्ध मुर्तिको स्थापना

[[IMG_ALT]]

b s g news | Nagar News | Baishak 18

बुढानिलकण्ठ नगरपालिका वडा न ४ मा बुद्ध जयन्तीको अबसरमा बुद्धको प्रतिमा स्थापना गरिएको छ । बुढानिलकण्ठ नगरपालिका वडा न ४ मा रहेको बुद्ध कोलोनीले एक कार्यक्रम आयोजना गरि मुर्ति स्थापना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि माननीय रक्षा मन्त्रि इश्वोर पोखरेलले बुद्ध पुर्णिमाको पावन दिनमा बुद्धको प्रतिमा स्थापना हुनु सकारात्मक सन्देश भएको बताए । कार्यक्रममा प्रदेश सभा सदश्य दिपक निरौला बुढानिलकण्ठ नगरपालिकाको मेयर उद्धवप्रसाद खरेल बुढानिलकण्ठ नगरपालिका वडा न ४ क अध्यक्ष् राजु खड्का लगाएतको उपस्थित्ती रहेको थियो । कार्यक्रमको सभापतित्वो पूर्व आयुक्त सूर्यनाथ प्रसाद उपाध्य रहेका थिए |

कार्यक्रमलाई सम्बोधन गर्दै बुढानिलकण्ठ नगरपालिकाको मेयर उद्धवप्रसाद खरेलले हिजो फोहरको थुप्रो हुने ठाउँ लाई ब्यबस्थित गरि बुद्धको प्रतिमा स्थापना गरि बुद्ध कोलोनीले शान्ति तथा सद्भाबको भावना समेटेको बताएका थिए । बुद्ध कोलोनीले आयोजना गरेको कार्यक्रमले मानिसहरुको सोच परिबर्तन हुने र आफ्नो वरिपरी को बाताबरण शान्तिमय हुने कुरामा आफु आशाबादी रहेको नगर प्रमुख उद्धवप्रसाद खरेलले बताए ।

[[IMAGE_ALT]] [[IMAGE_ALT]]