लाईफ क्रियटिभ बचत तथा ऋृण सहकारी संस्था लिमिटेडको ८ औँ वार्षिक साधारण सभा सम्पन्न

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Magh 16

प्रदेश सभाका सांसद कुसुम कुमार कार्कीले वडा नं १३ लाई पर्यटन शहरको रुपमा विकास गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। आज सम्पन्न लाईफ क्रियटिभ बचत तथा ऋृण सहकारी संस्था लिमिटेडको ८ औँ वार्षिक साधारण सभामा बोल्दै प्रमुख अतिथी कार्कीले शहकारीको मोडल बाट अगाडी बढ्दै चुनिखेल समृद्ध बनाउने अभियान थाल्ने र, यस कार्यको अगुवाई जनप्रतिनिधिले गर्ने भएपनि सम्पुर्ण चुनिखेल वासीको महत्वपुर्ण योगदानले मात्र सम्भव हुने विचार व्यक्त गर्नुभएको छ।
संस्थाको ८ औँ वार्षिक साधारण सभा आज बूढानिलकण्ठ पार्टि प्यालेसमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा वडा नं १३ का वडा अध्यक्ष श्री कृष्ण श्रेष्ठ, महानगरीय प्रहरी प्रभाग बूढानिलकण्ठका निरिक्षक शेर ब. चन्द, भद्रकाली मन्दिर संरक्षण समितिका अध्यक्ष सानुकान्छा श्रेष्ठ लगायत शेयर सदस्य हरुको उपश्थिति रहेको थियो।

[[IMAGE_ALT]]