गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच हात हालाहाल

[[IMG_ALT]]

b s g news | National News | Falgun 25

केन्द्र विवादमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच हात हालाहालको अवस्था पुगेको छ । बैठकस्थलमै दोलखाको कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कालिका पाठकलाई अध्यक्ष विनकुमार थामीले हातपात गरेका हुन् ।

आफ्नो नेतृत्वको समूहले निर्णयपुस्तिका लिएपछि अध्यक्ष थामी नेतृत्वको समूहले आफूहरुमाथि हातपात गरिएको उपाध्यक्ष पाठकले बताएकी छन् । कालिञ्चोक गाउँपालिकाको केन्द्र सार्ने विषयमा जनप्रतिनिधिबीच विवाद देखिएको हो । गाउँपालिकाको अस्थायी केन्द्र सुनखानीमै राख्ने वा लापिलाङमा सार्ने भन्ने विषयमा जनप्रतिनिधिबीच विवाद हुँदा अध्यक्ष र उपाध्यक्षबीच हात हालाहालको स्थिति सिर्जना भएको हो । गाउँसभाको तयारीका लागि अस्थायी केन्द्र सुनखानीमा बिहीबार बसेको बैठकमा अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षबीच फरक–फरक मत आएको थियो । आजको अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ ।