बूढानिलकण्ठ नगरपालिका वडा -१३ गाम्चा धोबी खोला बाट अवैध रुपमा बालुवा ओसार पसार गरी रहेको बा ४ ख ७५९६को मिनी ट्रक महानगरिय प्रहरी प्रभाग बूढानिल्कण्ठको टोलीले सोधपुछको क्रममा बिल नभएको पाइए पछि तत्कालै नियन्त्रणमा लिई आवशयक कार्वाहीको लागी बूढानिलकण्ठ नगरपालिकाको कार्यलय गोल्फुटार पठाइएको छ । केहि हप्ता अगि देखी नै जिल्ला समन्व्य समितीले उक्त जिम्मेवारी स्थानिय तह लाई सुम्पेको हो ।अब देखि अवैध बालुवा , ढुंगा गिट्टी तथा अन्य खोला जन्य बस्तुहरुको अवैध सकलन तथा चोरी निकासी गरेमा प्रहरीले पक्राउ गरि आवश्यक कारवाहीका लागि स्थानिय निकाय पठाउने गरेको छ .