बूढानीलकण्ठ नगरपालिकाको नगर प्रोफईल निर्माणका लागि प्रत्येक वडामा तथ्यांक संकलनको कार्य सुचारु भएको छ। नगरको प्रोफईल बनाउनका लागि महत्वपुर्ण हुने उक्त तथ्यांक संकलन एक महिने लामो हुनेछ। तथ्यांक संकलनका लागि प्रत्येक वडामा सहज हुने भएकाले सोहि वडामा रहेका स्थानीय वासीलाईनै परिचालन गरिएको छ। 

मोबाईल एप (odk collect) द्वारा संकलन गरिने सोहि तथ्यांक संकलनको एक निजी परामर्श दातालाई मुख्य जिम्मा दिईएको छ। तथ्यांक संकलन प्रतेक वडामा गरिने हुँदा प्रत्येक वडा वासिहरुले पनि तथ्यांक संकलकहरुलाई सहि र सत्य जानकारी दिई उक्त कार्य सहजताका साथ सम्पन्न गरिदिनका लागि पनि प्रत्येक वडा र नगरपालिकाद्वारा आग्रह गरिएको छ।