बुढानिलकण्ठ नगरपालिका वडा १ मा जेष्ठ नागरिक सम्मान

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Magh 18

बुढानिलकण्ठ नगरपालिका वडा न १ ले आफ्नो वडामा रहेका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ | यो जाडो याममा न्यानोता प्रदान गर्ने ध्याय्का साथ् जेष्ठ नागरिकहरुलाई ज्याकेट स्वेटर लगायतका कपडा वितरण गरिएको जानकारी वडा न १ का अध्यक्ष् सुरेन्द्र लामाले हामीलाई जानकारी दिए | कार्यक्रमलाई बुढानिलकण्ठ नगरपालिकाको मेयर उद्धवप्रसाद खरेल उपप्रमुख रामदेबी राई लगायतको उपस्थिती रहेको थियो | जेष्ठ नागरिकहरुको लागी जाडो याममा न्यानो कपडा संगै न्यानोपन साट्न पाउदा आफुलाई सन्तुष्टिको अनुभूति भएको नगर प्रमुख उद्धवप्रसाद खरेलले बताउनुभयो | "शिवपुरी जागरण महिला समुह"द्वारा आयोजित न्यानो कपडा बितरण कार्यक्रममा बिभिन्न राजनीतिक दलका स्थानीय नेताहरु र बुद्धिजीवीहरु पनि उपस्थित रहेका थिए |

[[IMAGE_ALT]] [[IMAGE_ALT]]