अर्घाखाँचीको मालारानी गाउँपालिकास्थित मेहलपानीमा आगलागी हुँदा एकजना अपाङ्गता भएका बालकको ज्यान गएको छ । 

मालारानी गाँउपालिका–६ मेहेलपानी निवासी जंगबहादुर बिकको घरमा आगलागी हुँदा अपाङ्गता भएका उनका छोरा ११ वर्षीय नारायण बिकको ज्यान गएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरक्षीक नवराज मल्लले जानकारी दिए ।

हिँडडुल गर्न नसक्ने अवस्थाका नारायणलाई सोमबार साँझ आगोबाट निकाल्ने  प्रयास गर्दा गर्दै घटनास्थलमै मृत्यु भएको स्थानीय पुरन सौरागले बताए ।

विद्युत सर्ट हुँदा घरगोठमा आगो लागेको हो । आगलागीबाट घरभित्रका अन्नबाली, लत्ताकपडा नष्ट भए करीब १२ लाख रुपैयाँको क्षति भएको छ । 

(अन्नपुर्ण पोस्ट)