माया गरि आफ्नो मान्छे हुन्न रै छ हजुर
निष्ठुरीको मनमा पीडा छुन्न रै छ हजुर

सकिएन कल्पनामा बाँच्छु भन्न कतै
मनले माया जोड्न अङ्क गुन्न रै छ हजुर

आँखामा तस्बिर बस्छ मेटिन्न केहीले 
मुटुभित्र बन्दी बनाई थुन्न रै छ हजुर

हो यो सयौंको भिडमा सबै हराएका
तर पनि मायाजाल बुन्न रै छ हजुर

:-बद्रीप्रसाद ढकाल